रियाल मड्रिडद्वारा आलाभेस चार एक गोलले पराजित

२०७८ श्रावण ३१ आइतबार १२:०१:०० मा प्रकाशित

स्पेनिस लिग ला लिगाको सिजनको आफ्नो पहिलो खेलमा  रियाल मड्रिडले आलाभेसलाई चार एक गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आलाभेसको मैदानमा भएको खेलमा रियालका लागि केरिम बेन्जिमाले दुइ गोल गरे । रियाल पहिलो हाफमा गोलका लागि संघर्ष गरेपनि सफल हुन सकेको थिएन । दोस्रो हाफको सुरुवातमै बेन्जिमाले डेडलक तोडे । उनले ४८ औं मिनेटमा इडेन हाजार्डको पासमा गोल गरेका थिए ।

५६ औं मिनेटमा नाचोले अग्रता दोब्बर पारे । उनलाइ लुका मोड्रिचले गोलका लागि सहयोग गरे । ६२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियाल तीन शुन्यले अघि रहेको थियो ।  बेन्जिमाले गत सिजन रियालले दोस्रो स्थानमा लिग टुंग्याउँदा १७ गोल गरेका थिए । उनी भन्दा अघि रहेका  लियोनल मेसीले २३ गोल गरेका थिए । ६५ औं मिनेटमा आलाभेसका होसेलुले पेनाल्टीमा गोल गर्दै रियालसँगको दुरी कम गर्ने प्रयास गरेका थिए ।

इन्जुरी समयमा भिनिसियस जुनियरले डेविड आलाबाको पासमा गोल गरेपछि कार्लोस एन्सेलोटीको टोलीले चार एकको प्रभावशाली जितसहित सिजनको सुखद सरुवात गर्यो । बायर्नबाट आएका आलाभेसको रियालबाट यो डेब्यु खेल हो । प्रशिक्षक  एन्सेलोटीको पनि दोस्रो पटक रियाल फर्किएपछि  ला लिगामा यो पहिलो खेल हो ।  गत सिजन टोटेनहममा   लोनमा विताएका ग्यारेथ वेललाइ प्रशिक्षक एन्सेलोटीले पहलिो रोजाइमानै मैदान उतारेका थिए  । बेलले पछिल्लो पटक सन २०२० जुनमा रियला बाट खेलेका थिए ।  प्रशिक्षक जिनेदिन जिदानको पालामा बेलले टिममा स्थान बनाउन ठूलो संघर्ष गर्नु परेको थियो । 

ताजा खबर