पिएसजीको लगातार दोस्रो जित

२०७८ श्रावण ३१ आइतबार १२:००:०० मा प्रकाशित

पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित हात पारेको छ ।  गएराति भएको खेलमा पिएसजीले दश खेलाडीमा  समेटिएको स्टार्सबर्गलाइ चार दुइ गोलले हराएको हो । खेल अघि पिएसजीले लियोनल मेसी सहित यो सिजन क्लबमा भित्राएका अन्य चार खेलाडीलाई समर्थक माझ सार्वजनिक गरेको थियो ।

घरेलु मैदानमा खेल सुरु भएको तेस्रो मिनेटमानै माउरो इकार्डीले गोल गरेपछि पिएसजीले अग्रता लिएको थियो । २५ औं मिनेटमा किलियन एमवाप्पेले गोल थपे । २७ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गरेपछि पहिलो हाफमा तीन शुन्यले अघि रहेको थियो ।

दोस्रो हाफमा स्टार्सबर्गले दुइ गोल फर्काउदै पिएसज माथि दवावमा बनाएको थियो । ५३ औं मिनेटमा केभिन गामेइरो र ६४ औं मिनेटमा लुडोभिचले गोल गरे ८१ औं मिनेटमा अलेक्जेन्डर जिकु रातो कार्ड खादै  मैदान बाहिरिएपछि स्टार्सबर्ग दश खेलाडीमा झरेको थियो । ८६ औं मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि पिएसजी तीन अंक जोड्न सफल भयो । मेसीले स्ट्यान्डमा बसेर खेल हेरेका थिए । मेसी, सर्जियो रामोस, जर्जिनो विनाल्डम, असरफ हाकिमी र डोनारुम्मालाइ समर्थक माझ परिचय गराए पछि खेल सुरु भएको थियो ।  
 

ताजा खबर