शान्तिश्रीको तीज गीत 'दिदी बहिनी’

२०७८ श्रावण ३१ आइतबार १०:३६:०० मा प्रकाशित

गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरमा तीज गीत ‘दिदी बहिनी’को आएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजक योगेशकाजी हुन् ।

गीतमा दीपाश्री निरौलासँगै रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी भान्जा, कमला लामिछाने लगायतको अभिनय छ । गजित विष्टको कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोको निर्देशन दीपाश्री निरौलाले नै गरेकी हुन् ।

 

ताजा खबर