धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन

२०७८ श्रावण ३० शनिबार १८:०८:०० मा प्रकाशित

काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा शनिबार निधन भएको छ । उपचारका क्रममा ओम अस्पतालमा बस्नेतको शनिबार निधन भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदै धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन्।

ताजा खबर