कोरोना संक्रमणबाट २० जनाको मृत्यु, १३२० जना संक्रमणमुक्त

२०७८ श्रावण ३० शनिबार १६:३४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७३०४७९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३२० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८०८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ । क्वारेन्टाइनमा ४११ जना रहेका छन् भने आइसोलेसनमा ३९४०५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
 

ताजा खबर