गेटाफेमाथि भ्यालेन्सियाको एक शून्यको जित

२०७८ श्रावण ३० शनिबार १३:१७:०० मा प्रकाशित

दश खेलाडीमा समेटिएको  भ्यालेन्सियाले गेटाफेमाथि एक शून्य गोलको जित  हात पार्दै सिजनको सुरुवात गरेको छ । घरेलु मैदानमा भ्यालेन्सिया तेस्रो मिनेटमानै दश खेलाडीमा झरेको थियो । गेटाफेका मिडफिल्डर नेमान्जले माकासिमोभिचलाई डरलाग्दो फाउल गरेपछि हुगो गुयामन सिधै रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

एघारौ मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमार्फत अग्रता लियो । कार्लोस सोलरले पेनाल्टिमा गोल गरेका थिए । ७६ औं मिनेटमा एरिक काबाकोले रातोकार्ड पाएपछि गेटाफे पनि दश खेलाडीमा सीमित भएको थियो । सुरुवातको गोलनै भ्यालेन्सियालाई पहिलो खेलमानै तीन अंक जोड्न  पर्याप्त भयो ।

सन २००३ पछि पहिलो पटक लियोनल मेसी विनाको ला लिगाको नयाँ सिसन गएरातिबाट सुरु भएको हो ।  मेसीले गत मंगलबार पेरिस सेन्ट जर्मेन पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । रियाल मड्रिडका डिफन्डर सर्जियो रामोस पनि यसै सिजन पिएसजी गए । त्यसैले यो पटकको ला लिगा फरक हुनेछ । 
 

ताजा खबर