नारायणहिटी संग्रहालयमा राष्ट्रपति(फोटोफिचर)

२०७८ श्रावण ३० शनिबार १०:५४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी संग्रहालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नारायणहिटी संग्रहालयको अवलोकन गरेकी हुन् ।

भ्रमणको क्रममा संग्रहालयका अधिकारीहरुले संग्रहालयकाबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । राष्ट्रपतिले करिब सवा २ घण्टा नारायणहिटीमा बिताएको संग्राहलयले जनाएको छ ।

भ्रमणकाक्रममा राष्ट्रपतिले मूल दरबार, श्री सदन, राजारानीले चलचित्र हेर्ने फिल्महल, बैठक हल लगायत क्षेत्रको अवलोकन गरेकी छन् । कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाका कारण साढे तीन महीनादेखि संग्रहालय बन्द छ ।

फोटोः नारायणहिटी संग्रहालय

ताजा खबर