कोभिडको तेस्रो लहरको तयारीमा जुट्न गृह मन्त्रालयको अनुरोध

२०७८ श्रावण २९ शुक्रबार १८:१५:०० मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न समेत भनेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको तथा अस्पतालमा पनि बेडहरु भरिँदै गएकाले तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृत गर्नुपर्ने अवस्था आएको बताएको छ । प्रथम र दोस्रो लहरमा कोरोना संक्रमण केही कम हुँदा कोरोना संक्रमितको उपचार गर्ने सूचीकृत अस्पतालहरु स्थगित गरिएको थियो ।

ताजा खबर