कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, २११८ जना संक्रमणमुक्त

२०७८ श्रावण २९ शुक्रबार १६:५०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७२८५३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७९४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२३९ पुगेको छ । क्वारेन्टाइनमा ४३९ जना रहेका छन् भने आइसोलेसनमा ३८७९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर