च्याम्पियन्स लिग जित्ने मेसीको सपना

२०७८ श्रावण २७ बुधबार २०:४८:०० मा प्रकाशित

अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग सम्झौता गरेसँगै च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । बार्सीलोनाका पूर्व खेलाडी मेसीले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका हुन् ।

पिएसजीले मेसीलाई आज समर्थक माझ सार्वजनिक गरेको छ । उनले बार्साका लागि चार पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । ३४ वर्षीय मेसीले पाँचौ पटक च्याम्पिन्सि लिग जित्ने सपना रहेको उल्लेख गरे । पिएसजीले अहिलेसम्म युरोपियन क्लब  फुटबलको सवैभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।  सन् २०२० मा फाइनल पुगेपनि पिएसजी बायर्न म्युनिखसँग पराजित भएको थियो । गत सिजन पिएसी म्यानचेस्रट सिटीसँग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएको थियो ।

यस्तै घरेलु लिग पनि जितेपछि पिएसजीले दोस्रो स्थानमा चित्त बुझाएको थियो । मेसीसँगै पिएसजीले यो सिजन रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितोका डिफेन्डर सर्जियो रामोस र लिभरपुलबाट च्याम्पियन बनेका मिडफिल्डर जर्जिनो विनाल्डमलाइ पनि भित्राएको छ । पेरिसमा मेसीको आगमन पछि इतिहासमै सवैभन्दा आक्रमक अग्रपंक्ति बनेको  छ ।

उनीसँगै नेइमार र किलियन एमवाप्पे टिममा छन्  । मेसीले पिएसजी च्याम्पियन्स लिग जित्नका लागि सक्षम रहेको बताए । च्याम्पियन्स लिगमा बार्सीलोनाको पनि सामना गर्नुपर्ने हुन सक्छ । यसविषयमा मेसीले बार्सा आफ्नो घर भएको पुनः दोहोर्याए ।  नोउ क्याम्पमा फरक टिमको जर्सीमा उत्रदा अजीव हुने भएपनि बार्सामा खेल्न जान उत्साही हुने प्रतिक्रिया दिए । २१  वर्ष बार्सामा विताएका  मेसीले दश ला लिगा सहित कुल ३५ उपाधि जितेका थए । 

ताजा खबर