श्रीलङ्काका विकेटकिपर दिनेश चान्डिमलले इपिएल खेल्ने

२०७८ श्रावण २७ बुधबार २०:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग इपिएल  खेल्न विश्वका स्टार खेलाडी आउने क्रम जारी छ । श्रीलङ्काका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश चान्डिमलले इपिएल खेल्ने भएका हुन् । चान्डिमलले भैरहवा ग्लेडियटर्सबाट इपिएल खेल्ने छन् ।

भैरहवाले बुधबार सामाजीक संजालमार्फत चान्डिमलको आवद्धता बारे जानकारी दिएको हो । भैहरहवा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावाकरको कप्तानीमा मैदान उत्रनेछ । भैरहवाले चान्डिमलको नाम उल्लेख गरेको छैन । तर उनीबारे जानकारी दिएको छ  । उनी श्रीलङ्कन क्रिकेटको सवै फम्याटका पूर्वकप्तान हुन् ।

 ३१  वर्षीय चान्डिमल वर्तमान श्रीलङ्का टिमका मुख्य सदस्य हुन् । उनी श्रीलङ्काका लागि सवैभन्दा कम उमेरमा टि ट्वान्टी अन्तर्राष्ट्रियमा कप्तानी गर्ने खेलाडी पनि हुन् । सन् २०१३ मा २३ वर्ष १ सय ३३ दिनको उमेरमा चान्डिमलले बंगलादेश विरुद्ध टिमको कप्तानी गरेका थिए  ।

श्रीलङकाले २०१४ मा  भारतलाई पराजित गर्दै टि ट्वान्टी विश्वकपको उपाधि जित्दा उनी टोलीका प्रमुख सदस्य थिए  । उनले श्रीलङ्काका लागि ६२ टेस्ट, १ सय ४९ एकदिवसीय र ५७ टि ट्वान्टी अन्त्र्राष्ट्रिय खेलेका छन् । भैरहवाका प्रशिक्षक पुवुदु दशानायके हुन् ।

उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेको थियो । इपिएल असोज ९ गतेदेखि टियु मैदानमा सुरु हुनेछ । इपिएलमा पाकिस्तानका पूर्व खेलाडी साहिद अफ्रिदी, पाकिस्तानकै सोएब मल्लिक,  वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले पनि सहभागिता जनाउनेछन् । 

ताजा खबर