त्रिविका विद्यार्थीले परीक्षाको प्रवेशपत्रका आधारमा खोप लगाउन पाउने

२०७८ श्रावण २७ बुधबार १८:३२:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने विद्यार्थीले कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो ।

 

ताजा खबर