कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, १८८५ जना संक्रमणमुक्त

२०७८ श्रावण २७ बुधबार १६:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २६१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०९०७ जनाको परीक्षण गर्दा २६१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ५७४९ जनाको परीक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको मत्यु भएको छ । काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना संक्रमित थपिएका छन् । क्वारेन्टाइनमा ३९९ जना छन् भने आइसोलेसनमा ३८०३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर