अस्ट्रेलिया  बंगलादेशविरुद्धको टि-ट्वान्टीमा ६२ रनमा अल आउट

२०७८ श्रावण २६ मंगलबार १७:४८:०० मा प्रकाशित

अस्ट्रेलिया  बंगलादेशविरुद्धको पाँचौं तथा अन्तिम टि ट्वान्टी अन्तर्राष्ट्रिमा जम्मा ६२ रनमा अल आउट भएको छ । अस्ट्रेलियाको टि ट्वान्टी इतिहासकै यो कम स्कोर हो  । च्याम्पियन बनिसकेको बंगलादेशले ६० रनको जितका  साथ सिरिज चार एकले टुंग्यायो ।

बंगादेशले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ वलमा ६२ रनमा आल आउट भयो । अस्ट्रेलियाको एक सय ४४ वर्षको इतिहासमा यो अहिलेसम्मकै छोटो पारी पनि हो ।  उसका लगि म्याथ्यु वेडले २२ रन बनाए । यही नै पाहुना टोलीको पारीमा उच्च रन बन्न पुग्यो ।

बेन मेक्ड्रेमोटले १९ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंक छुन सकेनन् । डेन क्रिस्टियन ३, मिचेल मार्श ४, एलेक्स क्यारी ३, मोइसेस हेनरिक ३ , एस्टन टर्नर १ , एस्टन अर्गर २ र नाथन एलिसले १ रन जोडे । बंगलादेशका सकिव अल हसनले ४, मोहम्मद सैफुदिनले ३ , नासुम अहमदले २ र महमुदुल्लाहले १ रन जोडे ।  यसअघि मिरपुरस्थित शेरे बंगला नेशनल स्टेडियममा  टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २२ रन जोडेको थियो ।

मोहम्मद नइमले २३, महमुदुल्लाहले १९, सौम्य सरकारले १६, मेहेदी हसनले १३, आफिफ हुसेनले १० र सकिवले ११ रन बनाएका थिए । नाथन एलिस र  क्रिस्टियनले २–२ विकेट लिए । एस्टन, एडम जाम्पा र अगरले १–१ विकेट बाडे । बंगलादेशले सुरुवाती तीन खेलमा जित हात पार्दै सिरिज कब्जा गरेको थियो । चौथो खेल अस्ट्रेलियाले जितेको थियो । बंगलदेशले अस्ट्रेलिया माथि टि ट्वारनटी सिरिज जितेको यो पहिलो हो ।
सकिवको कीर्तिमान
बंगलादेशका अल राउन्डर सकिव अल हसन टि ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन र एक सय विकेट लिने पहिलो पुरुष खेलाडी बनेका छन् । हसनले अष्ट्रलियाविरुद्धको पाँचौं टि ट्वान्टीमा एघार रन र ४ विकेट लिँदै यो कीर्तिमान बनाएका हुन् । टि ट्वान्टी अन्तर्राष्ट्रियमा एक सय विकेट लिने उनी समग्रमा दोस्रो खेलाडी हुन् ।  पहिलो खेलाडी श्रीलङ्काका लासिथ मालिङ हुन्  । उनले सन २००६ देखि २०२० सम्मको अवधिमा ४५ खेल खेल्दै १ सय ७ विकेट लिएका छन् ।

दोस्रो स्थानमा रहेका सकिवले ८४ खेल खेल्दै १ सय २ विकेट पुर्याएका छन् । तेस्रो स्थानमा रहेका न्युजील्यान्डका तीव्र गतिका वलर टिम साउथीले ८३ खेलमा ९९ विकेट लिएका छन् । स्पिनरका रुपमा टि ट्वान्टी आइमा एक सय विकेट पुरा गर्ने सकिव पहिलो पुरुष खेलाडी हुन् ।  ब्याटिङतर्फ उनले १ हजार ७ सय १८ रन जोडेका छन् । 

ताजा खबर