जो नियमित हिँड्यो, उसले सुखको जीवन बाँच्यो

२०७८ श्रावण २६ मंगलबार ११:२७:०० मा प्रकाशित

हिँड्नु स्वस्थ्य व्यायाम हो । मानसिक र शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न हिँड्नु जरुरी छ । दिनैपिछे हिँड्ने बानी बसाउनाले मानिसमा मनमा कुरा खेलाईरहने बानी हट्छ । शरीरमा रहेको अनावश्यक चिल्लोपन पनि हिँडडुल गर्दा नियन्त्रणमा आउँछ। शारीरिक तौल, उच्च रक्तचाप, कोलस्ट्रोल र अर्वुद, मुटु सम्बन्धी रोगहरु हिँड्नाले कम हुनेगर्छ ।

एउटा भनाइ नै छ, “हिँडौ स्वस्थ्य बनौं” संज्ञानात्मक मनोविज्ञान र संझनाको विकास मानिसमा हुने मनोवैज्ञानिक विचलन हिँड्दा ठीक हुन्छ । विभिन्न संकेत समाउन सक्ने र आवेग थाहा पाउने धेरै हिँडनाले समस्या पर्दैन । डिमेन्सिया र अल्जाइमरका रोगीको लागि धेरै हिँड्न सुझाइन्छ । मानसिक दवाव छ भने तपाईँमा मूड बनेको छैन भने आफ्नो कामबाट केही क्षण विश्राम लिनुहोस् । ५ देखि १० मिनेट हिँड्नुहोस । आफ्नो मांसपेशी, हाड र जोर्नीहरुलाई बचाइराख्न नहिँडी कसरत हुँदैन । स्वच्छ हावा पाउन, शरीरमा अक्सिजनको मात्रा बनाइराख्न र रगत बढाउन धेरै हिँड्न उपयुक्त हुने वैज्ञानिकले पनि सुझाएका छन् । हिँड्नाले शक्ति पाइन्छ र त्यससँगसँगै उति नै मात्रामा निदाउनुपर्ने पनि तर्क गरिन्छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले निकालेको एक खोजमा १७ प्रतिशत देखि ५० प्रतिशत अमेरिकनले शारीरिक क्रियाकलाप गर्दा थिचोमिचो सहनुपरेको र मानव सेवामा कम व्यायाम गर्ने मानिस विभिन्न घाउको शिकार हुनु परेको तथ्याङ्क निकालेको छ । त्यसैले उक्त रिपोर्टमा मानिसले दिनहुँ ३० मिनेट हिँड्नै पर्ने, जिमखाना जानुपर्ने वा नोकरी गर्दा पर्याप्त व्यायाम गर्नुपर्ने सुझाव दिईएको छ ।

यसरी हिँड्दा मानिसको नलि खुट्टो चलायमान हुने तथा खुट्टाको कुर्कुच्चाका पछाडी भाग चलायमान हुन्छ । पारिवारीक माहोलमा पारिवारका सदस्यसँग हिँडडुल गर्नाले स्वस्थ बनिन्छ । दैनिक जिमखानाको प्रयोगले मानसिक स्वास्थ्य र जीउडाल कसिलो हुने र लाएको कपडा पनि टमक्क मिल्ने स्वास्थ्य विज्ञ सुझाउँछन् । (स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर