लिभरपुलद्वारा ओसासुना माथि ३–१ गोलको जित

२०७८ श्रावण २६ मंगलबार १०:००:०० मा प्रकाशित

लिभरपुलले ओसासुना माथि ३–१ गोलको जितका साथ प्रि-सिजन टुंग्याएको छ । गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि रोबर्टो फिरमिनोले दुई गोल गरे । लिभरपुलले १४ औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो ।  ओसासुनाका जेसस अरेसोले आफ्नै पोस्टमा गोल गरेका थिए । २१ औं मिनेटमा फिरमिनोले टिमका  लागि दोस्रो गोल थपे ।  

४१ औं मिनेटमा फिरमिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल तीन शून्यले अघि रहेको थियो । दोस्रो हाफमा भने   खेल आफ्नो नियन्त्रणमा राखेपनि लिभरपुलले गोल थप्न सकेन । तर उसका लागि ओसासुनाले डरलाग्दो चुनौती पनि पेश गरेन । ७२ औं मिनेटमा किकेले सान्त्वना गोल फर्काएका थिए । ३९ हजार समर्थक बीच भएको खेलमा लिभरपुलका एन्डर हेन्डरसन र थियागो अलाकान्तारा पनि खेलेका थिए ।

प्रि-सिजनमा उनीहरु दुवै पहिलो पटक मैदान उत्रिएका हुन् । प्रिमियर लिगको नयाँ सिजन १४ अगस्टबाट सुरु हुँदैछ । लिभरपुलले आफ्नो पहिलो खेल नोरिच सिटीसँग खेल्नेछ ।  स्पेनिस लि ला लिगा पनि १४ अगस्टबाटनै सुरु हुनेछ । ओसासुनाले स्पानियोल सँगको खेल सँगै ला लिगा यात्रा सुरु गर्नेछ । 
 

ताजा खबर