सोएब मल्लिक र कार्लोसले इपिएल खेल्ने

२०७८ श्रावण २५ सोमबार २१:५९:०० मा प्रकाशित

काठमाडौं ।  पाकिस्तानका सोएब मल्लिक र वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले एभरेस्ट प्रिमियर लिग इपिएल खेल्ने भएका छन् । इपिएलले सोमबार आयोजना गरेको ट्रफी सार्वजनिक र मुख्य प्रायोजनसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा विश्व क्रिकेटका दुई स्टार सोएब र ब्रेथवेटले प्रतियोगिता खेल्ने जानकारी दिएको हो । अलराउन्डर ब्रेथवेट र ब्याट्सम्यान सोएबले कुन टिमबाट खेल्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

केही दिनमानै इपिएलको फ्रेन्चाइज टिमले यसबारे जानकारी दिने पत्रकार सम्मेलनमा बताइएको छ । ब्रेथवेट सन् २०१६ मा वेस्ट इन्डिजले इङल्यान्डलाइ पराजित गर्दै टि ट्वान्टी विश्वकप जित्दाका नायक हुन् । सोएव पाकिस्तानका पूर्वकप्तान समेत हुन् । काठमान्डौ किंंसले यसअघि पाकिस्तानकै पूर्वखेलाडी सोेहेब अफ्रिदी आउने बताइसकेको छ ।

इपिएललाई बजाज पल्सरले मुख्य प्रयोजन गर्ने भएको छ । इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तर र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सम्झौतामा हस्ताक्षर गरेका थिए । इपिएको यो चौथो संस्करण हो । पहिलो पटक इपिएलसँग जोडिएको बजाजले अहिलेलाई एक वर्षका लागि सम्झौता गरेको बताइएको छ ।

प्रायोजन सम्बन्धि रकमबारे पत्रकार सम्मेलनमा जानकारी दिइएको थिएन ।  एक सिजनका लागि बजाजले इपिएललाइ दुई करोड ५० लाख दिइने बुझिएको छ । जुन नेपाली खेल इतिहासकै सर्वाधिक ठूलो प्रायोजन हो । कोरोनाका कारण यो पटकको इपिएल टेलिभिजन दर्शकलाई  लक्षित गरिएको  गोल्छाको भनाइ छ ।

इपिएल असोज ९ गतेदेखि टियु मैदानमा सुरु हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।  आजै इपिएलको रेप्लिका ट्रफी पनि सार्वजिनक गरिएको । इपिएलको ट्रफी आइसीसी विश्वककप ट्रफी डिजाइन गरेको कम्पनीले तयार गरेको हो । 


 

ताजा खबर