दाङ ग्वार खोलाले बगाउँदा आमाछोराको मृत्युु

२०७८ श्रावण २५ सोमबार २१:०१:०० मा प्रकाशित

दाङ । दाङको ग्वार खोलाले बगाउँदा सोमबार आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

ताजा खबर