दशौं वर्षगाँठमा धुर्मुस सुन्तलीको  ‘उनी र म’  

२०७४ मङ्सिर १५ शुक्रबार ११:५६:०० मा प्रकाशित

काठमाडौं, १५ मंसीर  । सिताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफनो वैवाहिक जीवनको दशौं वर्षगाँठ बाढी पिडितका लागि निर्माणाधिन सन्तपुर एकीकृत वस्तीमा मनाएका छन् । दुबैले सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगै विवाह वर्षगाँठ मनाएर आफूहरुको प्रेम दर्शाउन भिडियो गीत पनि सार्वजनिक गरेका थिए ।

गीतमा हास्य जोडि आफैले अभिनय गरेका छन् भने स्वर राजेश पायल राई र अन्जु पन्तको रहेको छ । दिनेश थपालियाको शब्दरचनामा अर्जुन पोखरेलले गीतमा संगीत भरेका छन् । धुर्मुस सुन्तलीको निर्देशनमा बनेको गीतमा प्रकाश कोइरालाको परिकल्पना र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतलाई धुर्मुस सुन्तली युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उक्त अवसरमा धुर्मुस सुन्तलीले बस्तीका सबै कामदारलाइ लड्डु बाँडेका थिए भने उत्कृष्ट काम गर्ने कामदारलाइ नगद पुरस्कार पनि दिईएको थियो । माघ २४ गते हस्तान्तरण गर्ने योजना रहेको सामुहिक आवासगृह निर्माणको अहिलेसम्म पचास प्रतिशत काम सम्पन्न भइसकेको छ ।  

ताजा खबर