बार्साबाट बाहिरिँदै गर्दाको पत्रकार सम्मेलनमा जब मेसी रुन थाले....

२०७८ श्रावण २४ आइतबार २२:१४:०० मा प्रकाशित

आँखाबाट झरेका आंशु पुछ्दै आफूलाई सम्हाल्ने प्रयास र लामो समय सम्मको स्ट्यान्डिङ ओभियसन, लियोनल मेसीले विदाको पत्रकार सम्मेनल सुरु गर्न एक मिनेट भन्दा बढी समय लगाए । पत्रकार सम्मेलन त्यही बार्सीलोनामा भएको थियो । जहाँ उनले  पुरै करियर विताए ।  अर्जेन्टाइन स्ट्राइकर मेसीको पीडा आँशु बनेर संसार माझ पोखियो । मलाई थाहा छैन म केही भन्न सक्छु की सक्दिन, मेसीले बोलेको पहिलो वाक्य हुन् यी । आँशु गाला भन्दा तल झरिरहेकै थिए ।

विना शंका यो मेरो करियरकै सवैभन्दा कठिन क्षण हो मेसीले भने । २१  वर्ष बार्सामा विताएका मेसी पूरै कार्यक्रमभरी रोइनै रहे । पत्नी एन्टोलोना रोक्कोजोले टिस्यु पेपर मेसीलाइ दिएकी थिइन्  । बार्सा छोड्नु अघिको पत्रकार सम्मेलनमा मेसी पत्नी एन्टोलोना आफ्ना तीन सन्तानसँगै पहिलो पंक्तिमा बसेकी थिइन् । 

१३ वर्षको उमेरमा बार्सा पुग्दा सायद मेसी रोएका थिए होलान् घर परिवारबाट टाढा भएकोमा । ३४ वर्षको हुँदा मेसी फेरि रोए, बार्सा छोड्नु पर्दा  । म क्लबमानै हुर्किएँ यहाँहरु माझ अहिले  उभिरहेको पुरुष बने ... आफूले माया गर्ने क्लब छोड्नु पर्दा एकदमै दुःखी छु  मैले यो सबको अपेक्षा थिएन..  मेसीले भने । पत्रकारहरुको प्रश्नको जवाफ दिनु अघि मेसीले एक दिन फेरि बार्सीलोना फर्किने बाचा गरे । आफ्ना छोराहरुलाई बार्सा फर्किने कसम दिएको उनको भनाइ थियो । टिम मेट, पूर्वसहकर्मी, समर्थक, क्लब र उनीप्रति सद्भाव राख्ने सवैप्रति मेसीले धन्यवाद व्यक्त गरे । कुनै मोडमा क्लबका लागि केही योगदान गर्न चाहेको बताएका मेसीले बार्सा विश्वको उत्कृष्ट क्लब भएको पनि बताए ।

त्यसपछि मेसीले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिए । उनलाई सोधियो बार्सामा सवैभन्दा सम्झनलायक क्षण के रह्यो ? यसको जवाफमा मेसीले भने – धेरै छन् । कुनै एउटा बारेमा भन्न गाह्रो  छ । धेरै राम्रा र केही नराम्रा क्षण छन् । तर एउटा सम्झना सदैव म सँगै रहनेछ त्यो हो सिनियर टिमबाट डेब्यु गरेको दिन । त्यहीबाट मैले मेरो सपनाको सुरुवात गरेको थिए ।
क्लब र आफूबीच सवै कुरा सही भएको पनि मेसीले प्रस्ट पारे । सबै सही दिशामा थियो तर अन्तिम समयमा ला लिगा सँगको समस्याका कारण हस्ताक्षर हुन सकेन । बार्सा बस्नका लागि मैले गर्न सक्ने सवै गरें । मैले ५० प्रतिशत तलव कटौतीको प्रस्ताव पनि स्विकार गरे । त्यसपछि भने मलाई केही सोधिएन् । माया गर्ने क्लब छोड्दा अत्यन्त दुःखी छु ।

उनले अघि भने – यो  कठिन गुडवाइ हो । मेरो दिमागमा धेरै कुराहरु खेलिरहेको छ । जीवन जिताएको क्लब छोडेर जाँदैछु भनेर विश्वास गर्न सकिरहेको छैन । अब मेरो जीवन पूर्णरुपमा परिवर्तन हुँदैछ । बार्साको पहिलो रोजाइको टिममा १६ वर्ष विताए ।  अब शून्यबाट सुरु गनुपर्नेछ । तर मैले यी सवकुरा स्विकार गर्नुपर्छ । उनले पेरिस सेन्ट जर्मेन पिएसजी जाने बारे छलफल भएको पनि जानकारी दिए । पिएसजीसँग मेसीको सम्झौतानै भइसकेको समाचार बाहिर आएका थिए । तर मेसीले कुनै सम्झौता नभएको प्रस्ट पारे । उनले अरु क्लबबाट प्रस्तावन नआएको पनि उल्लेख गरे ।
 
बार्साका लागि कुल ३५ उपाधि जितेका क्लब भन्दा खेलाडी ठूलो नहुने मेसीको भनाइ थियो । स्ट्यान्डिङ ओभियसनसँगै  पत्रकार सम्मेलन सकिएको थियो ।

ताजा खबर