मकवानपुरमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

२०७८ श्रावण २४ आइतबार १५:०५:०० मा प्रकाशित

मकवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुमो चालक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

ताजा खबर