अदुवादेखि नडराउनोस्, दही खानोस्ः रोगसँग लड्ने क्षमता बढाउनोस्

२०७८ श्रावण २४ आइतबार १२:३६:०० मा प्रकाशित

तपाईंलाई अस्पताल गइरहनु पर्छ, रुघाखोकी पेट दुःखाई, टाउको दुखाई जस्ता स–साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगसँग लड्ने क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । धेरै मानिसलाई मासुजन्य खाने कुराले रोग लाग्न दिँदैन भन्ने भ्रम रहेको छ भने याद गर्नुहोस् यो गलत सावित भै सकेको छ । त्यसैले रोगसँग लड्ने क्षमता बढाउन यस्ता खाना खानुपर्छ-

दालको रस

रुघाखोकी लागि रहने गर्छ भने दालको सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन ।

दही

दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता बढाउन सहयोगी हुन्छ ।

ग्रिन टी

चिया, कफीको तलतल छ भने आजैदेखि ग्रिन–टीको बानी बसाल्नुस् । ग्रिन टीमा भाइरसहरूलाई नष्ट गर्ने गुण हुन्छ । यसले तपाईंलाई आरोग्य प्रदान गर्छ ।

जौ

जौका परिकार खाने गरेमा शरीरमा बेटा–ग्लुक्यान नामक विशेष खालको फाइबरको मात्रा बढ्न जान्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

च्याउ

जौमा जस्तै च्याउमा पनि बेटा–ग्लुक्यान पाइन्छ । च्याउ खाइरहने मानिसलाई क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन ए, सी र ई पाइन्छन् । साथै, यसमा विभिन्न खाले एन्टिअक्सिडेन्ट पनि पाइन्छन् । रोगसँग लड्ने क्षमता बढाउन ब्रोकाउली खाइरहने गर्नुपर्छ ।

लसुन

लसुनले तरकारीको स्वाद बढाउने काम त गर्छ नै, विभिन्न सरुवा र दीर्घकालीन रोगबाट जोगाउन पनि यसले मद्दत गर्छ । साथै, यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन पनि सहयोग गर्छ । यसमा पाइने एलिसिन नामक तत्वले शरीरको रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।

अदुवा

रुघाखोकी लागिरहन्छ भने अदुवा खाने गर्नुस् । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले चिसोजन्य रोगबाट जोगाउन मद्दत गर्छ । भात खाँदा अदुवाको टुक्रा लिने र चिया, तरकारी, चटनी आदिमा अदुवा हाल्ने बानी बसाउनु फाइदाजनक हुन्छ ।

बदाम

बदाममा भिटामिन सी र ई प्रशस्त्र मात्रामा पाइन्छन्, जसले चिसोका कारण लाग्ने अथवा सर्ने रोगबाट जोगाउन मद्दत गर्छन् ।

बेसार

बेसारले रुघाखोकी, ज्वरोजस्ता स–साना रोग लागिरहने मानिसलाई फाइदा पु¥याउँछ । दूधमा बेसार हालेर केही बेर तताई खाने गर्नुपर्छ । (एजेन्सीहरुबाट)
 

ताजा खबर