पिएसजीद्वारा ट्रोयस २-१ गोलले पराजित

२०७८ श्रावण २४ आइतबार १०:४६:०० मा प्रकाशित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पिएसजीले  जितका सिजनको सुरुवात गरेको छ । गएराति भएको खेलमा पिएसजीले ट्रोयसलाई दुई एक गोलले पराजित गरेको हो । पिएसजीले एक शून्य गोलले पछि परेको स्थितिबाट खेलमा पुनरागमन गरेको थियो । यसै सिजन शीर्ष डिभिजनमा  उक्लिएको ट्रोयसले नवौं मिनेटमानै अग्रता लिएको थियो । उसका लागि क्वालिद एल हजामले गोल गरे । तर पिएसजीले खेलमा फर्कन लामो समय लगाएनन् ।

१९ औं मिनेटमा असरफ हाकिमीले बराबरी गोल फर्काए । उनले एन्डर हरेराको पासमा गोल गरेका हुन् । २१  औं मिनेटमा किलियन एमबाप्पेको सहयोगमा माउरो इकार्डीले गोल गरेपछि माउरिसियो पोचेटिनाको टोलीले पहिलो खेलमानै तीन अंक बटुल्यो । पिएसजी पुनः लिग च्याम्पियन बन्ने लक्ष्यमा छ ।

लिग विजेता बनेको  गत सिजन उसले दोस्रो स्थानमा लिग टुंग्याएको थियो । लियोनल मेसी पिएसजी जाने समाचारले लिग वानलाई छायाँमा पारेको छ । पिएसजी र मेसीबीच सम्झौता भइसकेको खबर पनि आएका छन् । अहिलेसम्म आधिकारिक प्रतिक्रिया  भने कसैबाट आएको छैन । मेसी र बार्साबीच सम्झौतामा हस्ताक्षर हुन नसकेपछि पिएसजीले अनुबन्धन गर्न लागेको बताइएको छ । मेसीले आज नोउ क्याम्पमा सम्बोधन गर्दैछन्  । 
 

ताजा खबर