लेस्टर सिटीलाई कम्युनिटी शिल्डको उपाधि 

२०७८ श्रावण २४ आइतबार १०:४२:०० मा प्रकाशित

कम्युनिटी शिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनलमा लेस्टर म्यानचेस्टर सिटीलाई एक शून्य गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

८९ औं मिनेटमा सब्सिच्युट खेलेची इनिहाचोले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । इनिहासो सिटीका पूर्वखेलाडी हुन् । सिटीका नाथन आकेले डि बक्स भित्र इनिहाचोलाई फाउल गरेपछि लेस्टरले पेनाल्टीको अवसर पाएको थियो । सिटीले  कीर्तिमानी रकममा  अनुबन्धन गरेको ज्याक ग्रिलिसले ६५ औं मिनेटमा डेब्यु गरेका थिए । तर उनले कुनै प्रभाव जमाउन सकेनन् । इल्काइ गुन्डवाको फ्रि किकलाई लेस्टरका गालकिपर कास्पर स्माइक्लले विफल पारिदिए ।

लेस्टरका जेमी भार्डीले पनि गोलको अवसर गुमाएका थिए । कोपा अमेरिका र युरो कपपछि  विदा मनाउन गएका मुख्य खेलाडी विना सिटी मैदान उत्रिएको थियो । पछिल्लो पाँच वर्षमा लेस्टरका समर्थकले भने अतभुत सफलताको स्वाद लिइरहेका छन् ।

सन् २०१६ मा सबैलाई आश्चर्यमा पार्दै लेस्टर प्रिमियर लिग च्याम्पियन बनेको थियो । गत सिजन एफ ए कप जितेको लेस्टर सिटी माथि जित हात पार्दै कम्युनिटी शिल्ड च्याम्पियन बन्यो ।  कम्युनिटी शिल्ड प्रिमियर लिग च्याम्पियन र एफ ए कप विजेता बीच नयाँ सिजन सुरु हुनुअघि खेलाइन्छ ।

 प्रिमियर लिग भन्दा बाहिर लेस्टरले सिटी माथि जित हात पारेको  १९६८ यता  यो पहिलो पटक हो । यो भन्दा अघि उसले १२ खेलमा हार बेहोरेको थियो । लेस्टरले वेम्बलीमा  गोल नखाई लगातार तेस्रो जित हात पारेको हो । सिटीले भने वेम्बलीमा पछिल्ला चार खेलमध्ये तीनमा हार बेहोर्यो । प्रिमियर लिगको नयाँ सिजन १४ अगस् बाट सुरु हुँदैछ । सिटीले आफ्नो पहिलो खेल १५ अगस्टमा टोेटेनहमसँग खेल्नेछ ।  लेस्टरले  १४ अगष्टमा उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ  ।

ताजा खबर