ब्राजिललाई टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फको स्वर्ण पदक 

२०७८ श्रावण २३ शनिबार २२:४९:०० मा प्रकाशित

टोकियो ओलम्पिकमा पुरुष फुटबल तर्फको स्वर्ण पदक ब्राजिलले जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाइ अतिरिक्त समयमा दुई एक गोलले पराजित गर्दैै ब्राजिलले स्वर्ण हात पारेको हो ।

ब्राजिलले पुरुष फुटवलमा लगातार दोस्रो पटक स्वर्ण जितेको छ । सन् २०१६ मा भएको रियो ओलम्पिकमा पनि  ब्राजिल जर्मनीलाइ हराउदै च्याम्पियन भएको थियो । त्यसबेला नेइमारले पेनाल्टिमा  विजयी गोल गरेका थिए । योकोहामा इन्टरनेशनल स्टेडियममा शनिबार भएको खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएको थियो ।

३८ औं मिनेटमा रिचार्लिसन पेनाल्टिमा चुक्दा ब्राजिल अग्रता लिन असफल भएको थियो । उनको प्रहार पोस्ट भन्दा  निकै बाहिर गयो । तर पहिलो हाफको इन्जुरी समयमा म्याथ्यु कुन्हाको गोल संगै ब्राजिलले स्पेन  विरुद्ध एक शून्यको अग्रता बनाएको थियो ।

६१ औं मिनेटमा स्पेनका मिकेल ओयाराज्बलले गोल गरेपछि खेल एक एकको बराबरी भएको थियो । ९० मिनेटमा दुवै टोलीले गोल थप्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १ सय ८ औं मिनेटमा माल्कमले गोल  गरेपछि ब्राजिलले स्वर्ण सुनिश्चत गरेको हो । मेक्सिकोले कास्य जित्यो । महिला तर्फको स्वर्ण क्यानडाले, रजत स्विडेन र अमेरिकाले कास्य हात पारे । 
 

ताजा खबर