टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण पदक

२०७८ श्रावण २३ शनिबार २२:३८:०० मा प्रकाशित

भारतले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । एथ्लेटिक्सको पुरुष ज्याभ्लिन थ्रो मा निरज चोपराले भारतका लागि स्वर्ण जितेका हुन् ।  एथ्लेटिक्समा स्वर्ण जित्ने चोपरा पहिलो भारतीय खेलाडी हुन् । भारतको ओलम्पिकमा एकलतर्फ यो  केवल दोस्रो स्वर्ण हो ।

यसअघि  सन् २००८ मा अभिनव विन्द्राले पुरुष दश मिटर  एयर राइफलमा स्वर्ण जितेका थिए । आज भएको फाइनलमा चोपराले दोस्रो प्रयासमा ८७ .५८ मिटर को वेस्ट  थ्रो गर्दै स्वर्ण जितेका हुन् । चेक रिपब्लिकका ज्याकुब भाडलेचले रजत र चेककै भिट्स्लाभ भास्लीले कास्य हात पारे । ज्याकुबले ८६.६७ र भास्लीले ८५.४४ मिटर थ्रो गरेका थिए । जारी ओलम्पिकमा भारतको यो सातौ पदक हो । भारतले यसअघि दुइ रजत र चार कास्य जितेको थियो ।

ओलम्पिक इतिहासमा भारतको यो अहिले सम्मकै उत्कृष्ट प्रदर्शन पनि हो । यसअघि २०१२ को लन्डन ओलम्पिकमा उसले ६ पदक जितेको  थियो । भारतले ओलम्पिकमा १३ वर्ष पछि स्वर्ण जितेको हो  । स्वतन्त्र राष्ट्रका रुपमा भारतले एथ्लेटिक्समा जितेको यो पहिलो स्वर्ण पदक हो । स्वर्णका प्रमुख दावेदार मानिएका जर्मनीका जोहानेस भेटर घाइते भएपछि चोपराको जीत सुनिश्चित जस्तै बनेको थियो । 
 

ताजा खबर