फ्रेन्च क्लब पिएसजी जाने मेसीको तयारी

२०७८ श्रावण २३ शनिबार २०:५८:०० मा प्रकाशित

बार्सीलोनासँग सम्झौता हुन नसकेपछि  लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी जाने तयारी गरेका छन् । फ्रेन्च संचारमाध्यमका अनुसार मेस्सी र पिएसजी बीच छलफल चलिरहेको बताएका छन् । मेसी र स्पेनिस जाइन्ट बार्सा बीच पाँच वर्षको लागि नयाँ सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो ।

तर ला लिगाको वित्तिय बाधाका कारण दुवै पक्ष सहमत भएपनि सम्झौता संभव भएन् । बार्सा अध्यक्ष जोहान लापोर्ताले मेस्सीलाई  रोक्न नसकिएको बताए । पिएसजीका प्रशिक्षक मोउरिसियो पोचटिनोले लिग वान क्लबको विकल्प मेस्सी हुन सक्ने भन्ने प्रतिृकया दिएपछि बाहिर आएका समाचारलाई थप वल पुगेको छ ।  सन् २०२० मा नै मेसीले तत्कालिन बार्सा अध्यक्ष जोसेप मारियो बार्तामेउसँग सम्बन्ध चिसिएपछि आधिकारिक पत्र लेख्दै क्लब छोड्ने बताएका थिए ।

त्यसवेलादेखिनै पिएसजीले मेस्सीमा इच्छा देखाएको थियो । यदि यो सम्झौता वास्तविकतामा परिणत भए मेसीले पूर्व टिम मेट तथा मिल्ने साथी नेइमारसँग सहकार्य गर्नेछन् ।  अर्जेन्टाइन मेसी गज जुलाइ यता फ्रि एजेन्टका रुपमा छन । पिएसजीले यसै सिजन  फ्रि ट्रान्सफर बाटै रियाल मड्रिडका सर्जियो रामोस, एसीमिलानका गोलकिपर डोनारुम्मा र लिभरपुरका जर्जिनो विनाल्डमलाइ अनुबन्धन गरेको थियो । फ्रेन्च फुटवलको घरेलु लिग आज बाट सूरु हुँदैछ । पिएसजीले पहिलो खेल यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको ट्रोयससँग खेल्नेछ । 

ताजा खबर