केन्याकी पेरेजले जितिन् टोकियो ओलम्पिकमा महिला म्याराथनको स्वर्ण 

२०७८ श्रावण २३ शनिबार २०:४६:०० मा प्रकाशित

टोकियो ओलम्पिकमा महिला म्याराथनको स्वर्ण केन्याकी पेरेज जेपचिरचिरले जितेकी छिन् । उनले स्वर्ण जित्ने क्रममा  विश्व च्याम्पियन तथा विश्व किर्तिमानधारी केन्याकै बिग्रिड कोस्गेइलाई पछि पारिन् ।

टोकियो भन्दा ५ सय माइलस उत्तरी क्षेत्र साप्पोरो ओडोरी पार्कमा शनिबार बिहान भएको प्रतिस्पर्धामा पेरेजले निर्धारित दुइ २ घन्टा २७ मिनेट २० सेकेन्डमा पुरा गरिन् । १६ सेकेन्डले पछि कोस्गेइले रजत र अमेरिकाकी मोली सिडलले कास्य जितिन् ।

छोटो दुरीबाट म्याराथनमा आएकी सिडलले २ घन्टा २७ मिनेट ४६ सेकेन्ड समय लगाएकी थिइन् । उनको यो केवल तेस्रो म्याराथन प्रतिस्पर्धा हो । केन्याले ओलम्पिकमा लगातार दोस्रो पटक महिला म्याराथनको स्वर्ण जितेको हो । उच्च तापक्रम र आद्रताका बीच सुरु भएको प्रतिस्पर्धामा १४ खेलाडीले दौड पुरा गरेनन् । 
 

ताजा खबर