एसईईको परीक्षाफल प्रकाशित

२०७८ श्रावण २३ शनिबार १५:२०:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको परीक्षा बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। आफ्नो सिम्बोल नम्बर १६०० मा एसएमएस गरेर गरी नतिजा प्राप्त गर्न सकिने जनाएको छ।

यस्तै www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा हेर्न सकिनेछ।

ताजा खबर