अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

२०७८ श्रावण २३ शनिबार ११:१७:०० मा प्रकाशित

बंगलादेशले अस्ट्रेलिया माथि टि ट्वान्टी अन्तर्राष्ट्रियमा ऐतिहासिक सिरिज जितेको छ । तेस्रो टिवान्टीमा अस्ट्रेलियालाई  १० रनले पराजित गर्दै बंगलादेशले पाँच खेलको सिरिज तीन शून्यले जितेको हो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया  २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रनमा समेटियो । घरेलु टोलीका वलरले कसिलो वलिङ गरेपछि अस्ट्रेलिया सिरिज जित्ने सम्भावना कायमै राख्न असफल भयो ।

उसका लागि मिचेल मार्शले सर्वाधिक ५१ रन बनाए । बेन मेक्ड्रेमोटले ३५ र एलेक्स क्यारीले २० रन जाडे । म्याथ्यु वेड एक रनमा पवेलियन फर्किदा मोइसेस हेनरिक मात्र दुई रनमा आउट भए । अन्तिम १२ वलमा अस्ट्रेलियालाई जीतका लागि २३ रन चाहिएको थियो । १९ औं ओभरमा मुस्ताफिजुर रहमानले उत्कृष्ट वल फाल्दै मात्र एक रन खिर्चए । मेहेदी हसनको वलिङमा अस्ट्रेलियाले अन्तिम ओभरमा ११  रन जोडेको थियो ।

सोरिफुल इस्लामले २ , नासुम अहमद र सकिव अल हसनले १–१ विकेट लिए । यसअघि मिरपुर स्थित शेरे बंगला नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पुरै ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको सामान्य यागेफल बनाएको थियो । ओपनर मोहम्मद नइम एक र सौम्य सरकार दुइ रनमा आउट एका थिए ।  कप्तान महमुदुल्लाहले ५२, सकिवले २६, आफिफ हुसेनले १९ र नुरुल हसनले ११ रन जोड्दै पारी सम्हाले ।

अस्ट्रेलियाकाा लागि नाथन एलिसले टि ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेकै खेलमा हयाट्रिक लिए । उनले १९ ओभर चार वलमा मोहमुदुल्लाह, पाँचौँ वलमा मुस्ताफिजुर र   अन्तिममा मेहेदी हसनलाइ आउट गरेका थिए । टि ट्वान्टीको डेब्युमै ह्याट्रिक लिने एलिस पहिलो खेलाडी हुन । यसका बाबजुत उनको टोली जीत विहिन भयो ।  लगातार तेस्रो जीत निकाल्दै बंगलादेशले दुइ खेल  अगावै सिरिज जित्यो । उसले पहिलो टि ट्वान्टी २३ रन र दोस्रो खेल ५ विकेटले जितेको थियो । 
 

ताजा खबर