जापानबाट एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

२०७८ श्रावण २३ शनिबार १०:१५:०० मा प्रकाशित

काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप लिएर आएको कतार एयरवेजको जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

शनिबार तीन लाख डोज खोप आएको छ । बाँकी करिब ५ लाख डोज आइतबार आइपुग्ने छ । जापान सरकारले दिने भनेको १६ लाख डोज खोपमध्ये ८ लाख डोज शनिबार र आइतबार आइपुग्ने भएको हो ।

बाँकी ८ लाख खोप भने पानी जहाजमार्फत आउने जापानी दूतावासले जनाएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरिसकेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको हो ।

ताजा खबर