बालाजु औद्योगिक क्षेत्रभित्रमा  भीषण आगलागी

२०७८ श्रावण २३ शनिबार ०८:४०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । शनिबार बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । 
 

ताजा खबर