कोरोना संक्रमणबाट २५ जनाको मृत्यु, १८८५ जना संक्रमणमुक्त

२०७८ श्रावण २२ शुक्रबार १७:१४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७१०५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६६५५४८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००१९ पुगेको छ । क्वारेन्टाइनमा ३५६ जना रहेका छन् भने आइसोलेसनमा ३४९४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर