भुटानबाट आइपुग्यो एस्ट्राजेनेकाको तीन लाख डोज खोप

२०७८ श्रावण २२ शुक्रबार १३:०२:०० मा प्रकाशित

काठमाडौं । भुटानले एस्ट्राजेनेकाको तीन लाख डोज खोप पठाएको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

भुटानबाट आएको यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

ताजा खबर