कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, २०१२ जना संक्रमणमुक्त

२०७८ श्रावण २१ बिहीबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३००७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३००७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७०८०७९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६६३६६३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९९४ पुगेको छ । क्वारेन्टाइनमा ३७५ जना रहेका छन् भने आइसोलेसनमा ३४४२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर