पाँच महिनामा करिव दुई लाख कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

२०७८ श्रावण २१ बिहीबार १२:५९:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाका प्रमुख डा. गुणराज लोहनीले यस्तो प्रक्षेपण गरेका हुन् ।

साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने अनुमान गरेको मन्त्रालयले त्यसपछि क्रमशः घट्ने जाने जनाएको छ । उनले पेश गरेको प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कात्तिकमा १ हजार संक्रमितको संख्या पुग्नेछ ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिएका छन् ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

ताजा खबर