बंगलादेशसँग दोस्रोपटक पनि टिकेन अष्ट्रेलिया

२०७८ श्रावण २१ बिहीबार ११:२०:०० मा प्रकाशित

काठमाडौं । बंगलादेशले टि टवान्टी अन्तर्राष्ट्रियमा अस्ट्रेलियालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । दोस्रो टि ट्वान्टीमा ५ विकेटको जीत हात पार्दै बंगलादेशले पाँच खेलको सिरिजमा दुइ शून्यको अग्रता लियो ।

मिरपुरस्थित शेरे बंगला इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाहुना टोली अस्ट्रेलियाले सामान्य योगफल बनायो । उसले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन जोडेको थियो । ओपनिङ जोडी नचल्दा दवावमा आएको अस्ट्रेलियाका मध्यक्रमका ब्याट्सम्यान पनि असफल भए । एलेक्स क्यारी ११ र जोश फिलिप १० रनमा मैदान बाहिरिएका   थिए । तेस्रो विकेटका लागि मोइसेस हेनरिक र मिचेल मार्शले ५७ रनको साझेदारी गरेका थिए । हेनरिक ३० र मार्श ४५ रनमा आउट भए ।

त्यसपछिका ब्याट्सम्यान बीच गतिलो साझेदारी हुन सकेन । म्याथ्यु वेड ३, एस्टन टर्नर ३ रनमा र एस्टन अगर शुन्यमा आउट भए । मिचेल स्टार्क १३ रनमा अविजीत रहे । वलिङ तर्फ मुस्ताफिजुर रहमानले ३, सोरिफुल इस्लामले २, मेहेदी हसन र सकिव अल हसनले १–१ विकेट लिए । जवाफमा बंगलादेशले १८ ओभर ४ वलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पुरा   गर्यो ।

बंगलादेशले पनि २१ रनमा दुइ विकेट गुमाएको थियो । सौम्य सरकार डक आउट भए भने मोहम्मद नइम ९ रनमा मैदान बाहिरिए । सकिबले २६ र मेहेदीले २३ रन जोड्दै पारी सम्हालेका थिए । कप्तान महमुदुल्लाह शून्यमा आउट भए । आफिफ हुसेनले अविजीत ३७ रन जोड्दै टिमको जीत सुनिश्चत गरे । नुरुल हुसेन २२ रनमा अविजीत रहे । स्टार्क, जोश हेजलउड, एस्टन, एडम जाम्पा र एन्ड्रिउ टायले १–१ विटेक लिए । अस्ट्रेलियालाई सिरिज जित्नका लागि बाँकी तीनै खेल जित्नुपर्ने छ। बंगलादेश भने ऐतिहासिक उपलब्धिबाट मात्र एक जितले पछि छ ।  

ताजा खबर