बार्सिलोना र एथ्लेटिको म्याड्रिड मैत्रीपूर्ण खेलमा पराजित

२०७८ श्रावण २१ बिहीबार ०८:१५:०० मा प्रकाशित

स्पेनिस क्लब बार्सिलोना र एथ्लेटिको म्याड्रिडले प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार बेहोरेका छन् । बुधबार राति भएको खेलमा बार्सिलोना अष्ट्रियन क्लब साल्जबर्गसँग २-१ गोलले पराजित भएको हो ।

रेड बुल एरिनामा भएको खेलमा साल्जबर्गलाई जित दिलाउन लुका सुचिच र ब्रेन्डेन आरोनसनले एक/एक गोल गरे । बार्सिलोनाको लागि मार्टिन ब्राथवेटले गरेको गोल सान्त्वनामा सिमित रह्यो । पहिलो हाफको ४३ औं मिनेटमा सुचिचले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ८२ औं मिनेटमा ब्राथवेटले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

तर खेलको अन्तिम मिनेटमा एरोनसनले गोल गर्दै साल्जवर्गलाई २-१ गोलको जित दिलाए । यस्तै हिजै भएको अर्को खेलमा काडिजले एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा काडिज भाग्यमानी साबित भयो ।

ताजा खबर