फरक भूमिकाबाट क्रिकेटमा जोडिने चाहना छः पारस खड्का

२०७८ श्रावण २० बुधबार १७:१२:०० मा प्रकाशित

काठमाडौं । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी खड्काल् क्रिकेटको प्यासन सकिएको र चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।

खड्काले धेरै सोच विचार गरेर सन्यासको निधो गरेको बताए । अब क्रिकेट व्यवस्थापनमा आउन चाहेको उनले बताए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरुको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए । सन्यासको घोषणा गरेका पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आपूm रहेको बताए ।

ताजा खबर