थप ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

२०७८ श्रावण २० बुधबार १६:३३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ४१०७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११३५४ जनाको नमूना परीक्षण गरिएकोमा २९७५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ४९५५ जनाको परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । काठमाडौ उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको छ क्वारेन्टाइनमा ३७८ जना छन् भने आइसोलेसनमा ३३४६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर