श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

२०७८ श्रावण २० बुधबार १३:०४:०० मा प्रकाशित

काठमाडौं । २८ वर्षीया श्रीमती बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर