क्यानले ओमान र अमेरिकासँग खेल्न १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

२०७८ श्रावण २० बुधबार १२:४९:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

अन्तिम २० सदस्य टोलीमा पारस खड्का पनि नाम छ । तर पारसले नेपाली टोलीबाट सन्न्यास लिई सकेका छन् । नेपाली टोलीले बुधबारबाटै अभ्यास थालिसकेको छ ।

ताजा खबर