सरकार र बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच ६ बुँदे सहमति

२०७८ श्रावण २० बुधबार ११:५८:०० मा प्रकाशित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति भएको छ । प्रतिष्ठानमा पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् भने संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ)मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्नेलगायत मागहरुमा सहमति भएको थियो ।

ताजा खबर