अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसले पत्रकार सम्मेलन गर्दै

२०७८ श्रावण २० बुधबार १०:०१:०० मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन् । । दिउँसो दुई बजे होटल हिमालय पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणाले पत्रकार र आमसमर्थकमा धेरै प्रश्न र जिज्ञासा जन्माएकाले त्सयसलाई सम्बोधन गर्न पत्रकार सम्मेलन गर्न लागेको खड्काले बताएका छन् । पारसले मंगलबार आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । 

ताजा खबर