फिल्ममा शरिरको तौल बढाउने यी कलाकार

२०७४ मङ्सिर १४ बिहीबार १४:०७:०० मा प्रकाशित

काठमाडौं । शरिर भन्ने कुरा सबैको लागि ठुलो हो । त्यसमाथी पनि बलिउडका कलाकरहरुले आफनो शरिरको हेरचाह गर्दैनन् भनेर भन्नु बेकार हो । सलमान खान देखि आमिर खानसम्म आफनो शरिरको एकदमै हेरचाह गर्छन । उनीहरु अफुले चाहेको बेलामा शरिरको तौल बढाउँछन पनि र घटाउँछन् पनि । बलिउड कलाकारहरुले आफनो शरिर बढाउने घटाउने भन्ने कुरा  फिल्मको कथा या निर्देशकको माग अनुसार नै हुने कुरा हो । फिल्म ‘सुल्तान’ का लागि सलमान खानले आफनो शरिरको तौल ९६ किलो बढाएका थिए भने फिल्म ‘दंगल’ को लागि आमिर खानले आफनो तौल २५ किलोसम्म बढाएका थिए । बलिउडका कलाकरहरु आफनो शरिर बढनु र घट्नुलाई खासै ठुलो कुरा पनि मान्दैनन् । फिल्मको कथा र निर्देशकको आदेश बिमोजिम आफनो शरिरको वजनलाई बढाउने घटाउने हो । फिल्मको कथाको लागि आफनो तौल बढाउने बलिउडका यी कलाकार यस्ता छन्  ।

अनुष्का शेट्टी 
साउथ फिल्म कि नायिका अनुष्का शेट्टीले अभिनयको लागि आफनो शारिरिक तौल धेरै पटक बढाएकी छिन् । निर्देशक प्रकाश कोवेलामादी फिल्म ‘साइज जीरो’ को लागि उनलाई २० किलो जति तौल बढाउन लगाएका थिए । अनुष्का मात्र हैन बलिउडमा यस्ता कयौं कलाकारहरु छन् जसले आफनो रोलको शारिरिक वजन बढाएका छन् । 

विद्या वालन 
विद्या वालनले फिल्म ‘द डर्टी पिक्चर’ को लागि १२ किलो तौल बढाएकी थिइन । उनले ‘परिणिता’ बाट बलिउड फिल्ममा डेव्यु गरेकी हुन । त्यसपछि उनले ‘लगे रहो मुन्ना भाई’ , ‘हल्ला बोल’, ‘किस्मत कनेक्शन’, ‘इश्किया’ जस्ता धेरै फिल्महरुमा अभिनय गरिन् ।

रणबीर कपुर  
निर्देशक  राजकुमार हिरानीको आउन लागेको फिल्म जुन कलाकार संजय दत्तको बायोपिकमा आधारित छ । त्यसमा नायक रणबीर कपुरले आफनो तौल १३ किलो बढाएका छन् । निर्माता बिधु बिनोद चोपडाको यो फिल्म बलिउडका भाई कलाकार संजय दत्तको कथामा आधारित छ । फिल्ममा रणबीर कपुर संजय दत्तको भुमिकामा देखिएका छन् । उनीसंगै फिल्ममा परेश रावल र मनिषा कोइराला पनि देखिने छन् । 

सलमान खान 
सलमान खानले फिल्म सुल्तानको लागि आफनो तौल ९६ किलो बढाएका थिए । उनले १९९८ मा प्रदर्शनमा आएको फिल्म ‘बीबी हो त ऐसी’ बाट आफनो फिल्मी क्यारियर शुरु गरेका हुन । त्यसपछि ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘करन अर्जुन’ जस्ता दर्जनौं फिल्महरुमा उनले अभिनय गरे । 

आमिर खान   
फिल्म ‘दंगल’ का लागि आमिर खानले आफनो तौल २० देखि २५ किलो सम्म बढाएका थिए । उनले ‘होली’ फिल्मबाट आफनो क्यारियर शुरु गरेका थिए । ‘कयामत से कयामत तक’, ‘राख’ ‘दिल’ ‘राजा हिन्दुस्तानी’ जस्ता कयौं सुपरहिट फिल्महरुमा उनले काम गरे । 

प्रभास
साउथका कलाकार प्रभासले फिल्म बाहुबली–२ का लागि आफनो तौल १३० किलो बढाएका थिए । ‘इश्वर’ फिल्मबाट आफनो अभिनय शुरु गरेका प्रभासले ‘वर्षम’, ‘छत्रपति’, ‘बिल्ला’, ‘डार्लिङ’, ‘मिस्टर परफेक्ट’ जस्ता धेरै फिल्महरु काम गरे । उनले काम गरेका यी सबै साउथ फिल्महरु हुन

राणा दग्गबतु
राणा दग्गबतुले फिल्म बाहुबली–२ का लागि ११० किलोसम्म आफनो तौल बढाएका थिए । २०१० मा प्रर्दशनमा आएको फिल्म ‘लिडर’ बाट आफनो अभिनय यात्रा शुरु गरेका यी साउथ का कलाकारले बलिउडका पनि धेरै फिल्महरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेका फिल्महरुमा ‘नेनु न राक्षशी’, ‘ना इष्टम’, ‘अर्रम्बम’ साउथ फिल्महरु हुन भने ‘दम मारो दम’, ‘डिपार्टमेन्ट’, ‘बेबी’ बलिउड फिल्महरु हुन ।एजेन्सीको सहयोगमा 

ताजा खबर