चीनमा ‘मिरर अफ नेपाल’

२०७४ मङ्सिर १४ बिहीबार १२:२५:०० मा प्रकाशित

काठमाडौं, १४ मंसिर ।  चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरुको पाँच दिवसीय प्रदर्शनी चीनको च्यांगसु प्रान्तको एक सहरमा सुरु भएको छ ।

नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिंग छिउले कोरेका ९० वटा चित्रकला समावेश गरि छांगचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा ‘मिरर अफ नेपाल’ शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार सुरु भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो । चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँलगायतले सहयोग पु¥याएका थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गर्नुभएका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधतालगायत विषयलाई आफूले चित्रमा उतारेको बताए । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण गरिएको उल्लेख गरेका छन्  ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् । प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देश पु¥याएका उहाँका चित्र विदेशमा पनि संग्रह गरिएको बताइएको छ । 
 

ताजा खबर