विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण गर्न पौडेल पक्षको माग 

२०७८ श्रावण १९ मंगलबार २०:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।

मंगलबार चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

क्रियाशील सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनले क्रियाशील सदस्य वडाबाट नभई आकाश र पातालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

 

ताजा खबर