काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप

२०७८ श्रावण १९ मंगलबार १७:१२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णयसमेत गरेका छन् ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

ताजा खबर