काठमाडौंमा भेरोसेलको दोस्रो डोज साउन २२ गतेदेखि लगाइने

२०७८ श्रावण १९ मंगलबार १२:४१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन २२ गते देखि दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।

जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । यसअघि साउन १४ देखि १८ गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जनाले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।

ताजा खबर