पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट अचानक विदा लिएपछि 

२०७८ श्रावण १९ मंगलबार १०:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्काले अन्तर्राट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेका छन् । पूर्व कप्तान पारसले आज विहान सामाजीक संजाल मार्फत अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउने निर्णय लिएको बताएर सवैलाई आश्र्चयमा पारेका छन् ।

उनको सन्याश समर्थकका लागि अपेक्षित थिएन । पारसले आफ्नो पोस्टमा नेपाली क्रिकेट समर्थ र सरोकारवाला प्रति कृतज्ञ ब्यक्त गर्दै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्याश लिएको उल्लेख गरेका छन् । उनले नेपालका लागि खेल्न पाउनु जीवनको सर्वश्रेष्ठ उपलब्धि भनेका छन् ।

सन् २००२ मा १५ वर्षको हुदा क्रिकेट खेल्न गरेको भन्दै यो स्थानसम्म आइपसग्न साथ र सहयोग गर्ने प्रति ऋणि रहेको उनले उल्ल्ेख गरे । पारसले नेपालाई विश्व क्रिकेट लिग डिभिजन फाइभ देखि एकदिवसीय मान्यतासम्म पुर्याए । उनकै कप्तानीमा नेपालले सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेको खेल्यो । २०१८ मा जिम्बाव्वेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय मान्यता पाएको  थियो । २०१८ कै अगस्ट एकमा नेदरल्यान्डससँग खेल्दै नेपालले एकदिवसीयमा डेब्यु गरेको हो ।

पारसले एक दशक नेपाली टिमको नेतृत्व सम्हालेका थिए । सन् २००९ मा विनोद दासको स्थानमा पारसलाई कप्तानीमा भूमिका दिइएको थियो । उनले २०७६ मा कप्तान छोडेपछि ज्ञानेन्द्र मल्लले टिम सम्हाल्दै आएका छन् । पारसले कप्तान छोड्ने निर्णय पनि यसरी नै अचानक लिएका थिए । पारस एकदिवसीय र टि ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले दश एकदिवसीय खेल्दै ३ सय १५ रन जोडेका छन् ।

टि ट्वान्टी अन्तर्राष्ट्रियमा ७ सय ९९ र ५६ टि ट्वान्टी खेलमा १ हजार ३ सय ७७ रन जोडेका थिए । पारसले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा सकिएपनि नेपाली क्रिकेटमा भर्खर बामे सर्दै गरेको जनाएका छन् । यसको मतलव उनी नेतृत्व तहमा आउने आँकलन गरिएको छ । पारसले सधै आफू नेपाल क्रिकेट संघ क्यानमा आउने बताउँदै आएका छन् ।

ताजा खबर